सिजीको उद्योग र कर्मचारीमाथि दिनदाहाडै आक्रमण, घटनामा संलग्नमाथि कारबाही गर्न माग

Share:

ललितपुर । भैंसेपाटीस्थित सीजी फुड्स पार्कमा भएको आक्रमणलाई लिएर चौधरी ग्रुपले भर्त्सना गरेको छ ।

चौधरी ग्रुपले उक्त घटनालाई ‘अत्यन्तै निन्दनीय काम भएको’ जनाएको छ । शुक्रबार अपरान्ह ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएका अज्ञात समूहले सीजी फूड पार्कमा आक्रमण गरेका थिए । उनीहरुले सिजीका कर्मचारीमाथि पनि हातपात गरेको कम्पनीले जनाएको छ ।

‘‘उद्योगमाथि दिनदाहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय छ । यस घटनाको हामी भर्त्सना गर्दछौँ । यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ सचेत रहन हामी सम्वन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौं,’– चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अज्ञात समूहले भौतिक सम्पत्तीमाथि पनि तोडफोड गरेको चौधरी ग्रुपले जनाएको छ । घट्नालगत्तै भैंसेपाटी प्रहरी प्रभागले संलग्न २२ जनालाई गिरफ्तार गरेको छ ।

उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न चौधरी ग्रुपले सरकारसमक्ष अनुरोध गरेको छ । चौधरी ग्रुपले भविष्यमा यस्ता घटना घट्न नदिन र औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि सरकारको ध्यानाकार्षण गराएको छ ।

कमेन्ट गर्नुहोस्