काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभाको धर्मादेवी नगरपालिकामा रहेको सिद्धेश्वरी माविका विद्यार्थीलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एलकेजी देखि कक्षा चारसम्मका विद्यार्थीहरुलाई बैंकले ट्रयाक सुट प्रदान गरेको हो ।
बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समयदेखि गर्दै आइरहेको छ ।
कार्यक्रममा बैंकले बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिंग सुरक्षा तथा सचेतना सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरेको थियो।
उक्त कार्यक्रममा बैकका धर्मदेवी शाखा प्रबन्धक सुशील निरौला, स्कुलका प्रधानाध्यापक देवीमाया अधिकारी तथा बैंकका कर्मचारीहरु, स्कुलका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।
हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।