सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा, पेसी तेस्रो स्थानमा

52
0
Share:

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ ।

जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्धा आज तेस्रो स्थानमा रहेको छ ।

यस मुद्धामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो ।

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन् ।

त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पनि पनि उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडि बढाएको छ ।

कमेन्ट गर्नुहोस्