
काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्