ललितपुरको गणेशमान अस्पतालमा प्रभु बैंकमा सदस्यलाई विशेष छुट !

74
0
Share:

वैशाख । ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरमा प्रभु बैंकका सदस्यहरुलाई विशेष छुट दिने सम्झौता भएको छ ।

छुटका लागि गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी पत्रमा आज हस्तक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले गणेशमान सिंह अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालयलगायतका सेवाहरुमा विशेष छुट पाउने बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्