
सुनसरी । इटहरी उपमहानगरपालिकाले खेती खोला किनारमा बनेका भवन संरचना हटाउने भएको छ । पालिकाले मंगलबार एक सूचना जारी गर्दै खेति खोलाको क्षेत्राधिकारभित्रको जग्गामा बनेका संरचना हटाउने जनाएको हो ।
इटहरी उपमहानगरले खेती खोलाको क्षेत्राधिकार भित्रको जग्गाको दुवै किनाराबाट ६/६ मिटर छोड्नुपर्ने कानुनी प्रावधान रहेकाे बताएकाे छ। कानुनी व्यवस्था अनुसार जग्गा नछाेडेकाे भए त्यस्ता ठाउँमा रहेका संरचना तत्काल भत्काउन ३५ दिनकाे अल्टिमेटम दिएकाे छ ।
पालिकाले खोलालाई व्यवस्थित गर्नुको साथै करिडोर निर्माण गरी इटहरीको सुन्दरतालाई थप अभिवृद्धि गर्ने उद्देश्य रहेको समेत जनाएको छ ।
उपमहानगरपालिकाले ३५ दिनभित्र उक्त स्थानमा बनेका संरचना हटाउनुपर्ने र नहटाए आफैँलै हटाउने भएकाे छ ।

खेती खोला वरिपरीका भवन र संरचना हटाउने सम्बन्धि ३५ दिन सूचना
कमेन्ट गर्नुहोस्