झण्डै ४० प्रतिशतले बढ्यो साल्ट ट्रेडिङको नाफा

53
0
Share:

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पाँच करोड १९ लाख ६३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म  तीन करोड ७१ लाख रूपैयाँ खुद मुनाफा  गरेको  कम्पनीको नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म करिब ४० प्रतिशत अर्थात् ३९ दशमलव ९९ प्रतिशत  ले बढी हो ।

कम्पनीको बिक्री आम्दानी पनि ६३ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट ९ अर्ब ४५ करोड रूपैयाँ आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म दुई करोड ७३ लाख रूपैयाँ बराबरको अन्य आम्दानी गरेको बताइएको छ ।

कम्पनीले कर्मचारी खर्च २७ करोड १७ लाख र १६ करोड १२ लाख रूपैयाँ प्रशासनिक खर्च गरेको उल्लेख गरेको छ । कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार एक अर्ब ३९ करोड रूपैयाँ रहेको छ ।

यस्तै, कम्पनीको चालू सम्पत्ति ६ अर्ब ७६ करोड र कुल चालू दायित्व ७ अर्ब १४ करोड रूपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २१ द्यशमलव ६० रूपैयाँ, प्रतिशेयर नेटवर्थ ३८९ दशमलव ५५ रूपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य दुई हजार ७९७ दशमलव १४ रूपैयाँ र मूल्य आम्दानी अनुपात २०८ दशमलव २१ गुणा कायम भएको छ ।

कमेन्ट गर्नुहोस्