
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पूर्व मेयर र उपमेयरलाई सात दिने स्पष्टीकरण सोधका छन् ।
मेयर साम्पाङले खानेपानी समस्याको समाधान गर्न एडीबीको ऋण लिने विषयमा गरेको निर्णय बारे स्पष्टीकरण सोधेका हुन् ।
साम्पाङले पूर्व मेयर तिलक राई र उपमेयर मन्जु भण्डारी सुवेदीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।
मेयर साङपाङले श्रमदान गरेरै धरानमा पानीकाे उपलब्धता गराउन सफल भएका छन् ।
उनकाे चुनावी मुद्दा पनि धरानमा पानी उपलब्ध गराउने थियाे ।
अघिल्लाे कार्यकालका मेयर तथा उपमेयरले पैसा माग गरेकाे तर काम नगरेकाे हर्ककाे आराेप छ ।
कमेन्ट गर्नुहोस्