धनगढी उपमहानगरले पाउने भयो प्रकृति संरक्षण अवार्ड

Share:

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले प्रकृति संरक्षण अवार्ड पाउने भएको छ । उपमहानगरलाई विश्व प्रकृति कोष (डब्लूडब्लूएफ) नेपालले वातावरण संरक्षणमा उल्लेख्य भूमिका निभाएको भन्दै प्रकृति संरक्षण अवार्ड प्रदान गर्न लागेको हो ।

डब्लूडब्लूएफ नेपालले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा धनगढी उपमहानगरपालिकालाई अवार्ड प्रदान गर्ने जनाएको छ ।

यहि १९ मे को दिन आयोजना गरिने कार्यक्रममा उपमहानगरपालिकालाई नगदसहित अवार्ड प्रदान गरिने विश्व प्रकृति संरक्षण कोष नेपालले जनाएको छ ।

धनगढीले वातावरण संरक्षणअन्तरगत प्लास्टिक बिक्रीवितरणमा रोक, वृक्षारोपण, पानी पुनरभरण, सर्प तथा जीवजन्तूको सकुशल उद्धार गरि सम्बन्धितको वास स्थानमा छोड्नेलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्