८ लाख खर्चेर काठमाडाैं १६ नम्बर वडा कार्यालयको प्राङ्गणमा बनाइयाे स्व. रिजालको शालिक

Share:

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले वडा नं. १६ का अध्यक्ष पदमै रहेका बेला निधन भएका वडा अध्यक्ष स्व. मुकुन्द रिजालको शालिक अनावरण गरेकाे छ । वडा नम्बर १६ को प्राङ्गणमा बनाइएकाे शालिक आज अनावरण गरिएको हो ।

दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) बाट रिजालकाे मृत्यु भएकाे थियाे । २०८० भदौ १७ गते आइतबार दिउँसो १ बजे रिजाललाई सघन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा एक्युट रेस्पिराटोरी डिस्ट्रेस डिन्ड्रोम (एआरडीएस) भएर रिफ्याक्टोरी स्पेटिक सक/एक्युट किड्नी इन्ज्युरी भएर भदौ २१ गते रिजालकाे निधन भएको थियो ।

रिजाल अघिल्लो कार्यकालमा पनि यसै वडाको वडाध्यक्ष पदमा निर्वाचित थिए । स्पष्ट वक्ताका रुपमा परिचित रिजाल काठमाडाैं महानगरकाे कार्यपालिकाअन्तर्गतको पूर्वाधार समितिको संयोजक पनि थिए ।

वडाले करिब ८ लाख रुपैयाँ लागतमा रिजालको शालिक निर्माण गरेर अनावरण गरेको हो ।

कमेन्ट गर्नुहोस्