आफ्नै अभिव्यक्तिमा अडेन कांग्रेस, रवीलाई संसदमा बाेल्न नदिने

Share:

काठमाडौं । नेपाली कांग्रेस उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेलाई संसदमा सम्बोधन गर्न दिने आफ्नै अभिव्यक्तिबाट पछाडि हटेको छ ।

यसअघि रवी लामिछानेलाई कांग्रेसले रास्वपाको सभापतिको हैसियतमा संसदमा बोल्न दिने जनाएको थियो । तर संसद बैठक सुरु हुने लाग्दा कांग्रेसले लामिछानेलाई संसदमा बोल्न नदिने अडान दोहोर्‍याएको छ ।

रबी लामिछानेमाथि सहकारीको पैसा अपचलन गरेको आरोप लगाएको कांग्रेसले संसदिय समिति बनाएर सहकारीको पैसा अपचलनबारे रबी लामिछानेको विषयमा छानबिन हुनुपर्ने अडान लिँदै आएको छ ।

तर रबी लामिछाने र सत्तारुढ दलले कांग्रेसको उक्त प्रस्ताव अस्विकार गर्दै आएका छन् । आज संसद बैठक २ बजे बस्ने भनिएपनि यही रबी लामिछानेलाई संसदमा बोल्न दिने वा नदिने भन्ने विषयमा विवाद हुँदा संसद बैठक सुरु हुन सकेको छैन ।

प्रधानमन्त्रीले लामिछानेलाई क्लीन चिट दिन खाेजे: सिटाैंला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर नहुने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा आज सम्बोधन गर्दै रवि लामिछाने सहकारी ठगि प्रकरणमा जोडिएको देखिइसकेकोले प्रधानमन्त्रीले क्लीनचिट दिएर नहुने बताए ।

लामिछानेमाथि छानबिन नगर्ने सरकारको अडानले सरकार द्वन्दतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन् ।

सिटौलाले रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने कांग्रेसको बटमलाइन भएको बताउदै आफुहरुले आफुहरुले संसदीय छानबिन समिति बनाउन मात्र माग गरेको र राजीनामा नमागेको स्पष्ट गरे ।

उनले महान्यायाधिवक्ताको कार्यलयले क्लिन चिट दिएको भन्दै नेपालको इतिहासमा यसअघि यस्तो नभएको बताए ।

कमेन्ट गर्नुहोस्