रवीको चुनौती- निवेदन दिएर ऋण लिएको प्रमाण दिए म राजनीति छोडिदिन्छु, नत्र गगनले छाेड्नुपर्छ

Share:

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिँदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताएका छन् ।

उनले संसदमा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाईलाई संसदबाटै जवाफ दिन खोजेको बताए ।

सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।

कांग्रेसका सांसदहरुको लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक जेठ १ गते साँझ ६ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

कांग्रेस सांसदले रवी लामिछानेमाथि सहकारी संस्थाकाे पैसा हिनामिना गरेकाे आराेप लगाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्