राष्ट्रपतिका सल्लाहकार नेपालले दिए राजीनामा, कार्यालयबाट स्वीकृत

Share:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

सयको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका थिए ।

सो राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

“राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सयको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनकाे चर्काे आलाेचना गरेका थिए ।

कमेन्ट गर्नुहोस्