पूर्वपश्चिम राजमार्गमा भरतपुर महानगर र गैंडाकोट नगर जोड्ने ‘सिग्नेचर ब्रिज’काे शिलान्याश

Share:

काठमाडौँ । भरतपुर महानगरकाे सक्रियतामा ‘सिग्नेचर ब्रिज’को शिलान्याश भएकाे छ ।  पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’काे आज शिलान्याश भएकाे हाे ।

उक्त ब्रिज बनेपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास लिइएकाे छ । आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगै भैतिक पूर्वाधार मन्त्री रघुविर महासेठले ब्रिजकाे शिलन्याश गरेका हुन् । ब्रिजकाे शिलन्याश गर्न प्रधानमन्त्री प्रचण्ड भरतपुर पुगेका छन् ।

यस्तै, दाहालले उक्त ब्रिजकाे शिलन्याश गर्दै पछिल्लो दुई दशकमा देशमा निकै भैतिक पूर्वाधारका क्षेत्रमा प्रगती भएको बताएका छन् । उनले देशमा भएको विकासको तुलनात्मक अध्ययन नै नगरी केही विकास नै नभएको जस्तो गरी नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क गरेका छन् ।

‘विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,’ प्रधानमन्त्रीले भने, ‘नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।’

पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट एक घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्