उज्यालोको पखाईमा धैनकोट गाउँ

42
0
Share:

मुगु । मुगु सदरमुकाम गमगढीबाट झण्डै एक दिन हिँडेपछि पुगिन्छ, मुगुको सोरु गाउपालिकाको धैनकोट गाउँ । स्वच्छ हावापानी, उर्वर भुमि अनि सुन्दर र शान्त वातावरण भए पनि विद्युतको पहुँच नहुदाँ यहाँका नागरिक अध्याँरोमै रात कटाई रोग सँग लडि रहेका छन् । देशका सबै घरधुरीमा विजुली पुर्याउने सरकारको लक्ष्य छ ।

अहिले वैकल्पिक उर्जासहित ९४ प्रतिशत जनसङ्ख्या विजुलीको पहुँचमा छ । मुगुमा ६१ प्रतिशत नागरिक अझै विजुलीको पहुँच बाहिर छन् भने ३९ प्रतिशत विजुलीको पहुँचमा छन । सोरु गाउँपालिका वडा नं १० र ११ वडाका नागरिकहरु करिब ६ बर्ष देखि अध्याँरोमै रात कटाई रहेका छन् ।

वर्षौंदेखि अन्धकारमा रहेको धैनकोट गाउँलाई उज्यालो बनाउने योजना नभएको होईन । एक दशक भन्दा अगाडी १५ किलोवाट क्षमताको विद्युत सञ्चालनमा रहेको थियो । बिगत केही वर्ष देखिनै धैनकोट गाउँका करिब ५ सय भन्दा बढि घरधुरीलाई उज्यालो बनाउने उद्धेश्यले दैं खोला जलविद्युत आयोजना निमार्ण गरिएको थियो । जुन अझै अलपत्र अवस्थामा छ । विद्युत नबल्दा स्थानीय झरो बालेर बस्न बाध्य भएको धैन गाउँका  स्थानीय बिरवल बिकले बताए ।

धैनकोट गाउँमा करिब पाँच सय भन्दा बढि घरधुरी र एक हजार बढि जनसंख्या रहेको दुई वडाका नागरिक अध्याँरोमै रात कटाउन बिवश छन् । विद्युत सेवा नहुदा बिशेष गरेर ज्येष्ठ नागरिक , बालवालिका , लक्षित बर्गहरु मर्कामा परेका छन् । विद्युतको पहुँच नहुदा विद्यार्थी लाई पनि पठनपाठनमा थप समस्या हुनुका सार्थ भविष्य माथि  खेलवाड भएको जगत माला मावि कक्षा १२ मा अध्यनरत विद्यार्थी सुरेन्द्र सार्किको भनाई छ ।

चुलो चौको , भान्सामा बढि सामेल हुने महिलाहरु लाई पनि सास्ती भएको छ । अध्याँरोमै भान्सामा खाना पकाउदा , अन्य घरायासि कार्य गर्दा समस्या उत्पन्न हुन्छ ।  विद्युत सेवा भए छोराछोरी लाई पठनपाठनमा सहज हुने स्थानीयले अपेक्षा राखेका छन् । सोरु गाउँपालिकाको १० र ११ नम्वर वडामा बत्ति बले नागरिकको जीवनस्तरमा सुधार आउने स्थानीय महिला बिष्णु टमटाले अपेक्षा छ ।

करिब आधा दर्जन बढि गाउँ रहको १० र ११ वडाका नागरिकहरु लाई विद्युत पहुँचमा ल्याउन स्थानीय सरकारले बिस्तारै बामे सार्दैछ । यी दुई वडाहरुमा रहेका दै खोला र प्याँउ खोलामा विद्युत निर्माणका लागि डिपिआर भैसकेको छ । यी दुबै बिद्युत आयोजनाहरु मुर्तरुप लिन गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरिने गाउपालिकाले जनाएको छ ।

दुबै आयोजनालाई सयुक्त रुपमा आयोजना गरि १० र ११ नम्वर वडाका मानिस लाई बिजुली बाल्ने सपना पुरा गर्न गाउपालिका लागि रहेको सोरु गाउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले जानकारी दिए ।  ५ वर्ष अघि नै बत्ति बलेको आयोजना स्थलमा अहिले कुनै पनि विद्युतीय सामग्री छैनन् ।

भएका सामान पनि अलपत्र अवस्थामा छन । आयोजना सञ्चालनका लागि यी दुई वडाका हजारौं परिवार सरकारको बाटो हेरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्