बैतेश्वर गाउँपालिकाका किसानलाई अनुदानमा मौरीको घार र हाते ट्याक्टर

Share:

दोलखा । बैतेश्वर गाउँपालिका-८ क्षेत्रपाका किसानलाई अनुदानमा मौरीको घार तथा खेतबारी जोत्ने मिनी हाते ट्याक्टर वितरण गरिएको छ ।

बर्खायाम लागेसँगै र गत वर्षको लम्पिस्किन रोगले पशु क्षति बेहोरेका क्षेत्रपाका स्थानीय किसानलाई  खेतीपाती लगाउन सहज होस भन्ने  उद्देश्यले वडाका किसानलाई ७ थान हाते ट्याक्टर र मौरीपालक किसानलाई ४८ थान घार वितरण गरेको हो ।

वडाले गाउँपालिका चालु वर्ष विनियोजित बजेट मार्फत किसानलाई मौरीघार तथा गत वर्षको देशभर फैलिएको लम्पिस्किन रोगको कारण गोरु मरेका किसानलाई खेतीपाती गर्न सहज होस् भन्ने उद्देश्यले  सामूहिक रूपमा प्रयोग गर्ने गरी ७ थान हाते ट्र्याक्टर अनुदानमा वितरण गरिएको वैतेश्वर गाउँपालिका-८ का वडा अध्यक्ष शान्तबहादुर जिरेल जानकारी दिए ।

वडा नम्बर-८ मा मौरी पछिल्ला वर्षहरू मौरी पालनमा किसानहरू आकर्षित बन्दै गएकाले मौरी पालनलाई व्यवसायिक रूपमा विस्तार गर्ने उद्देश्यले चालु वर्ष ४८ वटा मौरीघार वितरण गरिएको अध्यक्ष जिरेलकाे भनाइ छ ।

वडा नम्बर-८ मा गाउँपालिका तथा वडाले चालु वर्ष २० थान हाते ट्र्याक्टर वितरण गरिसकेको छ । यता गाउँपालिकाले चालु वर्ष नै अन्य ७ वटा वडाहरूमा पनि ७० वटा मौरी पालन गर्ने घार वितरण सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्