९१ वर्षका इतिहासकार ज्ञानमणि नेपालको निधन

69
0
Share:

काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ ।  ९१ वर्षका नेपालको मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो । नेपाललाई १० दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

ज्ञानमणि नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताको रूपमा लिइन्छ। भोजपुरमा जन्मिएर खोटाङमा कार्यक्षेत्र बनाएका उनी कौमुदी, चण्डीबाट शिक्षा आर्जन गरेर काठमाडौंमा आएका थिए । इतिहासप्रति अभिरुचि राखेर, ज्ञानमणिजीले  अध्ययन गरेर अनेकौं कृति प्रकाशन गरेका थिए । उनी द्रारा प्रकाशित कृति नेपालको सम्पत्तिका रुपमा रहेका छन्।
उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका दुई छोरा छन् । त्यस्तै ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ पनि नेपाललेका उल्लेखनीय पुस्तक हुन् ।
कमेन्ट गर्नुहोस्