एबीबीएस र बीडीएस छात्रवृत्ति प्रकरणः बंगलादेशका राजदूतसँग शिक्षामन्त्री श्रेष्ठले गरिन् छलफल

47
0
Share:

काठमाडाैं । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीसँग एमबीबीएस र बीडीएसको छात्रवृत्ति कोटाको विषयमा भएकाे फेरबदलबारे मन्त्रालयलमा छलफल गरेकी छिन् ।

बंगलादेशले २२ जना एमबीबीएस र बीडीएसमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको थियाे । तर शिक्षा मन्त्रालयले निकालेकाे छात्रवृत्ति प्राप्त २२ जना विद्यार्थीमध्ये १२ जनालाई मात्रै बंगलालेशमा अध्ययन गर्ने अनुमति प्राप्त भएपछि यस विषयमा संसददेखि शिक्षा मन्त्रालयसम्म खैलाबैला भएको थियो ।

एमबीबीएस र बीडीएस पढ्नका लागि बङ्गलादेश सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा आयोगले सिफारिस गरेको भन्दा १० जना अरू नै विद्यार्थीको नाम आएपछि नेपालले बंगलादेशलाई कूटनीतिक नोट पठाएको थियो ।

यसै विषयमा मन्त्री श्रेष्ठले राजदूतसंँग छलफल गरेकी हुन् । उनले सबै छात्रवृत्तिमा परेका विद्यार्थीको कोटा सुनिश्चित गरिदिन राजदूतसँग चासो राखेकी थिइन् ।

शैक्षिक वर्ष २०२३ /२०२४ का लागि बंगलादेशमा अध्ययन गर्न मनोनयन भएका एमबिबीएसतर्फ १९ जना र बिडीएस तर्फ ३ जना गरी जम्मा २२ जना विद्यार्थीहरूलाई अध्ययन गर्ने अवसर उपलब्ध हुनुपर्नेमा सिफारिस भएकामध्ये एमबीबीएस तर्फ १० जना र बीडीएस तर्फ २ जनाले मात्रै सो अवसर प्राप्त गरेका थिए । एमबीबीए र बीडीएस पढ्नका लागि बंगलादेश सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा आयोगले सिफारिसको भन्दा १० जना विद्यार्थी अरू नै सिफारिस भएको पाइएको थियो ।

यसबारे गुनासो आएपछि मन्त्रालयको सिफारिस पत्रमा नाम समावेश भएका विद्यार्थीहरूलाई पुष्टिकरण(Confirmation) प्राप्त हुने व्यवस्था गर्नका लागि अनुरोध गर्दै परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको थियो ।

विद्यार्थीको हकहीत र सुरक्षाको लागि आगामी दिनमा यस्तो घटना नदोहोर्याउने गरी काम गर्न मन्त्रालय प्रतिबद्ध छ ।

कमेन्ट गर्नुहोस्