प्रतिनिधिसभा बैठक तयारी: सत्तारूढ दलकाे छलफल सकियो, कांग्रेसले माग्याे थप समय

Share:

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आन्तरिक छलफलका लागि थप समय मागेपछि प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ।

प्रतिपक्षी दलले केही समय माग गरेकाले बैठक ढिला भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाकाे बैठक अहिलेसम्म बस्न सकेकाे छैन् । सदनको गतिरोध हटाउन सत्तारूढ दलका नेताहरू प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि सिंहदरबारमा छलफःल भएकाे थियाे।

सत्तारूढ दलकाे वार्ता सकिए पनि विपक्षी दल कांग्रेसले थप समय मागेपछि सभामुख दलका प्रमुख सचेतकसँग छलफलमा जुटेका छन्। हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेलको स्थिति भएको थियो।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटम लाइन बनाएको छ । सहकारी प्रकरणले हिजोको धकेलाधकेलपछि स्थिति बनेपछि सत्ता र प्रतिपक्ष दलबीच सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ।

कमेन्ट गर्नुहोस्