कार्यदलको ‘टीओआर’ नआउँदासम्म संसद् सञ्चालन नगर्न प्रतिपक्षी दलको आग्रह

45
0
Share:

काठमाडौं । संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको 'टीओआर’मा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई प्रतिपक्षी दलहरूले आग्रह गरेका छन् ।

प्रतिपक्षी दलहरूको बैठकबाट संसदीय छानबिन समितिको टीओआर नबन्दासम्म बैठक सञ्चालन नगर्न आग्रह गर्ने निर्णय भएको थियो । बैठकका निर्णयबारे राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएका थिए ।

“निर्णय सुनाउन ज्ञानबहादुर शाही सभामुखको कार्यकक्षमा आउनुभएको थियो,” सभामुखको सचिवालयले भनेको छ ।

सभामुख सचिवालयले विपक्षी दलको जानकनरीसँगै बैठक अनिश्चित भएको जनाएको छ । सहमतिका लागि कार्यदलले सहयोग मागेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भने कानुन मन्त्रालय गएका छन् । जहाँ कार्यदल समितिको बैैठक जारी छ ।

कमेन्ट गर्नुहोस्