सुन तस्करीमा केपि ओलिको धर्मपुत्र दिपक मलोत्राको हात छ – विद्वान गुरुङ

Share:

काठमाडाैं । तरुण दलका अध्यक्ष विद्वान गुरुङले एमालेका अध्यक्ष केपि शर्मा ओलिको धर्मपुत्र दिपक मलोत्रामाथि अन्तर्रास्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको  आरोप लगाएका छन् ।

नेविसंघले आयोजना गरेको गिरिवन्धु प्रकरण र सहकारि ठगी विरुद्ध बृहत् प्रदर्शन कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सम्बोधन गर्दै त्रिभुवन अन्तरास्ट्रिय विमानस्थ्ल बाट भएरहेको सुन तस्करिमा नेपाल कम्युनिस्ट पार्टी एमालेको अध्यक्ष केपि शर्मा ओलिको धर्मपुत्र दिपक मलोत्राको पुर्ण हात रहेको बताएका छन् ।

केपि ओलिको आशिर्वाद लिएर बर्षौं सम्म त्रिभुवन विमानस्थल लिजमा लिएर मलोत्राको पुर्ण जानकारीमा सुन तस्करी भएरहेको गुरुङको भनाइ छ । सहकारी ठग बचाउन केपि ओलि लागेको र आफ्नो सांसदमाथी सदनमा गरेको दुव्र्यवहार को अध्यक्ष गुरुङले विरोध गर्दै चेतावनी पनि दिएका छन् ।

गृहमन्त्री रवी लामिछाने र रास्वपा अध्यक्ष रवी लामिछने एउटै मान्छे हो कि होइन यदि हो भने रास्वपा अध्यक्ष रवि लामिछाने लाई तत्काल पक्राउ गर्न गृहमन्त्री रवी लामिछानेलाइ तरुण अध्यक्ष विद्वान गुरुङले प्रश्न गरे ।

अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पन्चा सिंह विरुद्ध भएको जाहेरी दर्ता हुदाँ पनि किन नपक्रेको भन्दै अध्यक्ष गुरुङले प्रश्न गरे र यथा शिघ्र पक्रीन पर्नेमा जोड दिए ।

विहान बेलुकाको छाक टार्दै ५००,१००० सहकारिमा बचत राखेर जिविकोपार्जन गरिरहेका नेपाली जनताको आज गृहमन्त्री रविलामिछानेले विल्लिवाठ बनाएको कुरा अध्यक्ष विद्वान गुरुङले बताए । गिरिवन्धु टि प्रकरणको विषयमा तत्काल छानविन समिती बनाउन पनि अध्यक्ष विद्वान गुरुङले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्