
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक पनि कांग्रेसले अवरोध गरेको हो ।
कांग्रेसका सांसदहरु उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुखले संसद बैठक स्थगित गरेका हुन्।
कांग्रेसले आजको बैठकमा बोल्न माग गरेका थिए, तर सभामुख देवराज घिमिरेले विशेष र शून्य समय नगरेको भन्दै कार्यसूची अगाडि बढाएपछि कांग्रेसले वेल घेराउ गरेको हो।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफपछि थप बिच्किएको छ। कांग्रेस संसदीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।
सभामुखले अन्य कार्यसूची हटाएर प्रधानमन्त्रीले विश्वासको मत लिने वातावरण बनाइदिन आग्रह गरे पनि कांग्रेसले उक्त प्रस्ताव स्वीकार गरेकाे छैन।
गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्याउँदै कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए ।
त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेकाे बताए ।
कमेन्ट गर्नुहोस्