काठमाडौं। महालक्ष्मी विकास बैंकले ३०औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकका प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा आइतवार विभिन्न ८ शाखा कार्यालयमा उक्त कार्यक्रम गरिएको बताइएको छ ।
रक्तदान कार्यक्रममा २९५ पिन्ट रगत संकलन भएको बताइएको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीको रूपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले रक्तदान कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्