बालेनकाे धम्की- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

Share:

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले  भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।

बालेनले चालकहरु रिहा नभएसम्म सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने बताएका हुन् ।

महिनाैं अघि सिंहदरबारमा आगाे लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेर चर्चित भएका मेयर बालेनले यस पटक पनि नेताहरुलाई धम्कीकाे शैलीमा चेतावनी दिएका छन् ।

उनले भनेका छन्-

भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन  सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर उठ्दैन । को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन !

कमेन्ट गर्नुहोस्