एनआईसी एसिया बैंकका कर्मचारी र भू–माफियाको मिलेमत्तोमा ऋणीकाे धितो चलनचल्तीकाे मूल्य पनि नदिई बेचियाे, स्थानीय व्यवसायीहरु आन्दोलित

Share:

मुकेश कुमार यादब

सिरहा।गोलवजार नगरपालिका ४ स्थित एनआईसी एसीया बैंकका शाखा प्रमुख र स्थानीय भू–माफियाको सेटिङमा ऋणीले धितो राखेको जमिन ‘कौडीको भाउ’मा बिक्री गरेको पाइएको छ। एनआइसी एसिया बै‌ंककाे गोलबजार शाखाका तत्कालीन प्रमुख तेजप्रसाद पोखरेलले भू–माफिया र विचौलियाहरुको आर्थिक प्रभावमा परी व्यवसायीलाई थाहै नदिइ धितो जग्गा चलन चल्तीकाे मूल्यभन्दा धेरै कममा बिक्री गरेको पाइएको हो ।

गोलबजार नगरपालिका ४ का आरके ट्रेडर्स, कृष्ण अटो मोवाइल तथा निजी कर्जा लिएका व्यसायी दुर्गेशकुमार साहलाई तत्कालीन एनआइसी एसिया बैंकका शाखा प्रमुख पोखरेले जानकारी नै नदिइ कडोरौं मूल्यको धितो बापत राखेको ९ कठ्ठा जग्गा विचौलियासँको सेटिङमा सस्ताेमा लिलाम गरेकाे पाइएकाे हाे।

एनआईसी एसिया बैंकबाट २०७७ सालमा करिव २० करोडको जग्गा धितो राखेर ५ करोड ९५ लाख रुपैयाँ ऋण लिएका आरके ट्रेडर्सका संचालक व्यवसायी दुर्गेश साहकाे धिताे एनआइसी बै‌कले नियाेजित ढंगले बेचिदिएकाे पाइएकाे हाे ।

उनले भने, ‘ऋण लिने बेलामा बैंकले ७.९ प्रतिशत व्याजदरमा ऋण स्विकृत गरेको थियो। मैले नियमित रुपमा व्याज पनि बुझाउँदै आएको थिए। पछिल्लो समय आर्थिक मन्दिका कारण करिव एक वर्षको व्याज बुझाउन सकेकाे थिइँन। व्याज तिर्न मैले अर्को जग्गा बिक्री गर्ने तरखरमैै थिए। तर तत्कालीन शाखा प्रमुख पोखरेल र स्थानीय व्यवसायी तथा गोलवजार नगरपलिकाका निर्वाचित कार्यपालिका सदस्य फुलेस्वर नायकको आर्थिक सेटिङमा मलाई जानकारी नै नदिई १५ करोडमा बिक्ने ५ कठ्ठा जग्गा ३ करोड ५० लाखमा बिक्री गरेछन्।   ९ कठ्ठा १० धुर जग्गामध्येय पूर्व पश्चिम राजमार्गसँगै जोडिएको करोडौं मूल्यको जग्गा काठमाडौं ११ का पूजा पोखरेलको नाममा बिक्री गएरिएको छ। उनी तत्कालीन शाखा प्रमुख पोखरेलकाे नातेदार हुन्। ’

बैंकले निश्चित विचौलियाको प्रलोभनमा परी लिलामी बिक्री गरेको विरुद्धमा साेमबार स्थानीय व्यवसायीहरु आन्दोलनमा उत्रिएको गोलवजार व्यापार संघका महासचिव राकेशकुमार गुप्ताले जानकारी दिए । उनले बैंकले गरेको व्यवसायीमाथिको ज्यादती विरुद्ध चरणवद्ध आन्दोलन गर्ने बताए ।
आर्थिक मन्दीका कारण व्याज बुझाउन नसक्दा बैंकले करोडौंको जग्गा विचौलियाको प्रलोभनमा परि लिलाम गरिएको जग्गा फिर्ता नगरे  कडा आन्दोलन गर्ने चेतावनी स्थानीयवासीले दिएका छन्।’

एनआइसी एसिया बैंकले गरेको बदमासीको विरुद्धमा बैंकलाई बुझाएको ज्ञापन पत्रको वेवास्ता गरेकोले आज बाध्य भएर शान्तिपूर्ण आन्दोलनमा उक्रिएको  व्यवसायी विक्रम साहले जानकारी दिए । उनले भने, ‘बैंकले लिलाम गरेको जगा फिर्ता र बैंकले गरेको यो निर्णयलाई सच्याएन भने व्यसायीहरुले गरेको आन्दोलनको क्रममा हुने घटनाको सम्पूर्ण जिम्मेवारी एनआईसी एसिया बैंक नै हुने छ।’  आज (साेमबार) गरिएको आन्दोलनलाई पनि बैंकले वेवास्ता गरे भोलिदेखि चरणबद्ध कडा आन्दोलन गर्न बाध्य हुने व्यावसायीहरुको भनाई छ।

बैंकहरुले आर्थिक मन्दीको समयमा पनि व्यवसायीहरुको अवस्थालाई मध्येनजर नगरी विभिन्न किसिमले मानसिक यातना दिएकै कारण व्यपारीहरु सटर बन्द गरेर विस्थापित हुने गरेको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विकास सारडाले जानकारी दिए। उनले, ‘बैंकले व्यवसायीहरुमाथी गरेको ज्यादतीका कारण व्यवसायीहरु आत्मदाह र आत्माहत्याको शिकार बनिरहेका छन्। राष्ट्रय बैंकको लचिलो नीतिले गर्दा केही सहज भएको छ। यसले मात्र व्यावसायीलाई पुग्दैनन्। सरकारले व्यावसायीहरुको लागि केही नयाँ प्याकेजसहितको व्यवस्था गर्नुपर्छ।’

बैंकका कर्मचारीहरुले ऋणीहरुमाथि गरेकाे अमानवीय व्यवहारका कारण सिरहामा करिव ३० जनाभन्दा बढी व्यवसायीहरु आनाहकमा आत्महत्या गरी ज्यान गुमाईसकेको व्यवसायीहरु बताउँछन्। देश नै आर्थिक मन्दीले अक्रान्त बनिरहेको बेला बैंकका कर्मचारीहरुले व्यवसायीमाथी गरिएको ज्यादतीका कारण जिल्लाबाट करिव सयभन्दा बढी व्यापारीहरु पलायन भएको व्यावसायीहरुको भनाई छ।

 

कमेन्ट गर्नुहोस्