सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

60
0
Share:

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि सोमबार सुन तोलामा १ लाख ४१ हजार ८०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १००  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्