कांग्रेसकाे नाराबाजीका बीच सभामुखले संसद चलाए, बैठक जेठ ११ गते बस्ने गरी स्थगित

Share:

काठमाडौं । प्रतिनिधिसभाको आजकाे बैठकमा कांग्रेसको अवरोधबीच सभामुखले संसद बैठक सञ्चालन गरेका छन् ।  बैठक सुरु हुना साथ कांग्रेसका सांसदहरुले विरोध सुरु गरेका थिए ।

बैठकमा सभामुखले कांग्रेसका सांसद बद्री पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका र कांग्रेसका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिए ।

पाण्डेले बोलेपछि सभामुखले बैठक अगाडि बढाएपछि कांग्रेसका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए । नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले पेश गरेको नीति तथा कार्यक्रमको सम्बोधनप्रति धन्यवादको प्रस्ताव टेबुल गरेका थिए ।

नाराबाजीका बीच सभामुखले धन्यवादको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे र सो प्रस्ताव बहुमतले पारित गरेको घोषणा गरेका थिए ।

त्यस्तै राजनीतिक दल सम्बन्धी विद्येयक फिर्ताकाे प्रस्ताव पनि संसदबाट पारित भएकाे छ ।

कमेन्ट गर्नुहोस्