श्रममन्त्री अर्यालको सम्पत्ति: १२ ठाउँमा जग्गा, १५० तोला सुन, प्राडाे कार र बैंक ब्यालेन्स

Share:

काठमाडौं । श्रम, रोजगार तथा सुरक्षा मन्त्री डीपी अर्यालले आफ्नो सम्पत्ति विवरणमा १२ स्थानमा जग्गा, काठमाडौंमा घर, सुन, बैंक ब्यालेन्स रहेको विवरण प्रधानमन्त्री कार्यालयमा पेश गरेका छन् ।

अर्यालले धादिङ, काठमाडौं, लमजुङ र भक्तपुरमा जग्गा रहेकाे देखाएका छन् । धादिङ र काठमाडौंमा रहेका जग्गा अम्बिका केसीको नाममा रहेको अर्यालले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । लमजुङ र भक्तपुरमा रहेको जग्गा आफ्नो नाममा रहेको अर्यालले सम्पत्ति विवरण देखाएका छन् ।

१२ ठाउँमा रहेको जग्गाको मूल्य ५ करोड २८ लाख रुपैयाँ बराबरको रहेको अर्यालले सम्पत्ति विवरणमा देखाएका छन् । सम्पत्तिकाे स्राेत निजी कमाई र व्यापारबाट भएकाे उल्लेख गरिएकाे छ।

अर्यालले सार्वजनिक गरेकाे विवरणमा उनीसँग सुन १५० तोला, चाँदी १०० तोला र हिरा १० तोला रहेको छ । पाँच बैंक र एक सहकारीमा अर्याल र श्रीमती अम्बिका केसीका नाममा २ करोड १८ लाख रुपैयाँ रहेकाे देखाइएकाे छ । उक्त सम्पत्ति व्यापारबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

अर्याल र श्रीमती केसीका नाममा ६७ हजार कित्ता शेयर पनि रहेको छ । उनीसँग एक करोड २५ लाख ४३ हजार रुपैयाँमा किनेको प्राडो कार छ । अर्यालको स्वामित्वमा स्वयम्भु स्टार व्याङ्केट, सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालि, इजि लिंक र एपीए ह्याण्डीक्राफ्ट रहेको छ । दुई करोड २३ लाख बराबरको उक्त सम्पत्ति निजी कमाईका आधारमा जोडेको अर्यालले सम्पत्ति विवरणमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस्