वन मन्त्री नवलकिशोरको सम्पत्ति: ५६ ताेला सुन, ८ वटा घर र १२ बोरको राइफल

Share:

काठमाडाैं । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीकाे मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

मन्त्री नवलकिशोर साह सुडीको विवरणमा १२ बोरको राइफल बन्दुक उल्लेख गरेका हुन्। उनले सप्‍तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ मा छानाले छाएको दुई वटा घर र एउटा निर्माणाधीन रहेको विवरणमा उल्लेख गरेका छन्।

त्यस्तै श्रीमती साबित्री देवी साह सुडीको नाममा पनि पाँच वटा घर र शैलेशकुमार साहको एउटा घर रहेको उल्लेख छ।

उनले विभिन्न ठाउँमा जग्गा किनेको र पैतृक जग्गाको विवरण पनि खुलाएका छन्।

उनकी श्रीमती सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी रहेको छ। उक्त सुन तथा चाँदी विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरूप प्राप्त भएको जनाइएको छ।

उनका छोरासँग पनि ३५ तोला सुन रहेकाे उल्लेख छ।

तीन जना बुहारीहरू माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मंजु साहसँग २८ तोला सुन छ।

मन्त्री सुडीको विभिन्न बैंकमा ४० लाखभन्दा बढी नगद विवरणमा देखाइएको छ।

कमेन्ट गर्नुहोस्