काठमाडौं । पालिकाहरुले स्थानीय तहहरुमा जाने समानीकरण वापतको रकम आउँदो जेठ १५ अगाडि नै पठाउने तयारी भइरहेको प्रधानमन्त्री प्रचण्डबाट आश्वासन पाएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
सरकारले स्थानीय तहहरुलाई दिने समानिकरण अनुदान २५.८९ प्रतिशत कटौती गरेर पठाएपछि स्थानीय तहका जनप्रतिनिधिले त्यो रकम निकास गर्न संघीय सरकारलाइ दवाव दिइरहेका छन् । यदी स्थानीय तहहरुले सरकारले कटाएको समानीकरणवापतको अनुदान पुनः दिएमा २४ अर्ब ४८ करोड रुपैयाँ स्थानीय तहहरुमा जानेछ ।
पालिका महासंघ र नगरपालिका संघका प्रतिनिधिले प्रधानमन्त्री साथै संघीय सरकारका मन्त्री, दलका प्रमुख नेताहरुलाई आज भेट गरी समानीकरण वापतको रकम निकासा गरिदिन खबरदारी गरेका थिए ।
स्थानीय तहका प्रतिनिधिहरुले भेट भएका सबैबाट समानीकरण वापतको रकम स्थानीय तहमा जाने बताएको नगरपालिका संघ र गाउँपालिका महासंघले संयुक्त प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।