कैलाश सिरोहिया निर्दोष भएकाले सजिलै छुट्नुहुन्छ- प्रधानमन्त्री प्रचण्ड

49
0
Share:

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् ।

बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सिरोहियासँग कुनै रिसइवी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए ।

उनले भने- ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’

कमेन्ट गर्नुहोस्