काठमाडौं । आज सेयर बजारमा दोहोरो अंककाे वृद्धि भएको छ । सेयर बजार नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेरुडे मिर्मिरे लघुवित्तको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २१ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको १७ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपालका लागनीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनएमबि लघुवित्तका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।
नेरुडे मिर्मिरे लघुवित्तकाे २४ करोड ४२ लाख रुपैयाँ, पोखरा फाइनान्सकाे २१ करोड १२ लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावरकाे १७ करोड ५३ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सकाे १७ करोड ५३ लाख रुपैयाँ, नबिल बैंककाे १५ करोड ५० लाख रुपैयाँ, एनआईसी एसिया बैंककाे १२ करोड ७३ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सकाे ११ करोड १८ लाख रुपैयाँ, शिवम सिमेन्टकाे ९ करोड ६८ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंककाे ८ करोड २८ लाख रुपैयाँ र सिंगटी हाइड्रोकाे ८ करोड १९ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।