काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा देबेन्द्र खनाल नियुक्त भएका छन्। देवेन्द्र रमण खनाल राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका कामु सीईओ थिए।
हिजो बुधबार अन्तर्वार्ता भएको थियो । सीईओ छनोट उपसमितिको गत आइतबार बसेको बैठकले पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो ।
बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए ।
सीईओका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेको उनीहरुलाई व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाताका लागि बोलाइएको हो। उनीहरुले व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाता दिनेछन्। अन्तरवार्ताबाट उत्कृष्ट अंक प्राप्त गर्नेमध्येबाट संचालक समितिले एक जनालाई सीईओ नियुक्त गर्नेछ ।
प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि हाल उक्त बैंकमा सीईओ पद रिक्त छ । राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओ देबेन्द्र रमण खनाल पनि हुन् ।उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनले एमबीए पनि गरेका छन् । उनीसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ ।