घुस लिन राखिएका विचौलिया अख्तियारको फन्दामा

Share:

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिने वडाध्यक्षका विचौलियालाई  घुस रकमसहित  बुधबार चन्द्रागिरी नगरपालिका कार्यालय अगाडिको सडकबाट पक्राउ गरेको छ ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्षले नै सेवाग्राहीसँग घुस लिनको लागि सोहि वडामा बस्ने ध्रुव बहादुर कडायतलाई  विचौलियाका रुपमा राखेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  वडाअध्यक्षका लागि घुस लिने विचौलियालाई घुस रकमसहित पक्राउ गरेसँगै वडाअध्यक्षको सो कर्तुत बाहिर आएको हो ।

कडायतले चन्द्रगिरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाई कृष्ण तामाङको निर्देशनमा व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि घुस रकम मागेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगले कडायतलाई पक्राउ गरेको हो ।

कडायतको नाममा परेको उजुरी अनुसार आयोगबाट खटिएको टोलिले सेवाग्राहीबाट २ लाख नगर र २ लाख रुपैयाँ बराबरको चेक लिएको अवस्थामा विचौलिया कडायतलाई नियन्त्रणमा लिएको हो ।

कमेन्ट गर्नुहोस्