
काठमाडौं । काठमाडाैं मायतीघरमा सहकारी पीडितहरूले फेरि आन्दाेलन सुरू गरेका छन् ।
सरकार सहकारी समस्या समाधानमा गम्भीर नभएकाे भन्दै पीडितहरू काठमाडाैंमा सरकारलाई खबरदारी गर्न फेरि सडकमा उत्रिएका हुन् । झण्डै एक वर्षअघिदेखि सहरकारी बचतकर्ताहरूले बचत फिर्ता पाउनुपर्ने मागसहित सडक आन्दाेलन गरिरहेका थिए ।
गएकाे ४-५ महिनाअघिदेखि सरकारले पीडितका माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनीहरूले काठमाण्डाै केन्द्रीत आन्दाेलन स्थगित गरेका थिए ।
सहकारी बचत अपचलनकर्तालाई कारबाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरे पनि कार्यान्वयन नभएको भन्दै पीडितहरूले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए ।
सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढाउने उनले बताए । उनले आफ्नो बचत फिर्ता नपाउँदाको नागरिकको पीडा सरकारले सुन्नु पर्ने उल्लेख गरे ।
उता सरकार सहकारी समस्या समाधान गर्न तयार रहेकाे बताउँदै आएकाे छ । मन्त्रालयहरूमा अहिले सरकार र सम्बन्धित सहकारीकाे सयुत्त काेष बनाएर बचत फिर्ताकाे प्रक्रिया अगाडि बढाउने माेडालिटिबारे छलफल भइरहेकाे जनाइएकाे छ ।
उता कांग्रेसले पनि सहकारी बचतकर्ताकाे रकम फिर्ता गर्नुपर्ने भन्दै संसदमा निरन्तर बिराेध जनाउँदै आएकाे छ ।