काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बनेकाे खाल्डाे पुरेपछि विमानस्थल सुचारू भएकाे छ ।
विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार, धावनमार्गको चार्ली र डेल्टा ट्याक्सीवे सेक्सनको मध्यभागमा अलकत्रा र गिट्टी उप्किएपछि उडान बन्द गरिएको थियो ।
धावनमार्गमा अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं विमानस्थलले सबै उडान रोकेको थियाे । मर्मतपछि अहिले भने विमानस्थल सञ्चालनमा आएको हाे ।
कमेन्ट गर्नुहोस्