व्यास नगरपालिकाको पुनः मतगणना २ असारमा हुने

Share:

तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले २०७९ मा भएको स्थानीय तह निर्वाचन अन्तर्गत व्यास नगरपालिकाको पुनः मतगणना गर्ने तयारी थालेको छ ।

उच्च अदालत पोखराको आदेश अनुसार २ असारबाट मतगणना गर्ने गरी तयारी भइरहेको र यसको जानकासरी सम्वन्धित निकायहरुमा समेत भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।

स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका वैकुण्ठ न्यौपाने बिजयी भएका थिए ।

न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेर चुनाव जित्दा उनका निकटतम् प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए ।

कांग्रेस नेता गोविन्दराज जोशीका छोरासमेत रहेका दीपकराजले मतगणना सकिनै लाग्दा धाँधली भएको भन्दै मतगणनास्थलबाटै निस्केर हिँडेका थिए । उनले त्यही विषयमा उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेका थिए । उच्च अदालत पाेखराले गत २ जेठमा पुनः मतगणना गर्न आदेश दिएकाे थियाे ।

अदालतको आदेशअनुसार सो पालिकाको मतगणना फैसला भएको एक महिना पछि अर्थात ‘२ गते असार बिहान १० बजेबाट थाल्नु’ भन्ने उल्लेख भएकाले सोही अनुसार तयारी अघि बढाइएको हो ।

व्यासको मेयरमा वैकुण्ठले दोस्रो जित हाे । अघिल्लो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार शंकरनारायण श्रेष्ठलाई ३ हजार ४६४ मत अन्तरले पराजित गरेका थिए ।

 

याे पनि पढ्नुहाेस्

मेयर निर्वाचित भएको २ वर्षपछि व्यासको मतगणना बदर, एक महिनाभित्र पुनः मतगणना हुने

कमेन्ट गर्नुहोस्