‘नित्या रञ्जना’ युनिकोड लिपिलाई ‘यल्लो पेन्सिल अवार्ड’

Share:

काठमाडाैं ।  ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्टले ‘टाइप एण्ड लेटिरिङ्’ विधामा यस बर्षको ‘डीएण्डएडी यल्लो पेन्सिल अवार्ड’ प्राप्त गरेको छ ।

यसप्रकारका अवार्ड नेपालका लागि पहिलो हो । बिहीबार लण्डनमा भएको ६२ औँ डीएण्डएडी अवार्ड कार्यक्रममा नित्या रञ्जनाले यल्लो पेन्सिल अवार्ड पाएको हो । यससँगै कार्यक्रममा उड पेन्सिल, ग्रेफाइट पेन्सिल, ब्ल्याक पेन्सिल, ह्वाइट पेन्सिलसहित विभिन्न विधाका अवार्ड वितरण गरिएको थियो ।

६ सयभन्दा धेरै निर्णायकको निर्णयबाट लिपी पुरस्कृत भएको अवार्ड कार्यक्रममा सहभागी तोशी ओमगरीले बताए। क्यालीजात्रा फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनका अनुसार यल्लो पेन्सिल मौलिक रचनात्मक उत्कृष्ठताका लागि प्रदान गरिन्छ ।

अवार्ड प्राप्त गरेपछि नित्या रञ्जना फन्ट मात्र होइन, रञ्जना लिपिले अन्तरराष्ट्रिय स्तरमा पहिचान वृद्धि गरेको छ ।

कमेन्ट गर्नुहोस्