बसको ठक्करबाट हेटौंडामा पैदलयात्रीको मृत्यु

34
0
Share:

हेटौंडा । हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल परिचय नखुलेका अन्दाजी ३५/४० वर्षीय पुरुष रहेका छन्। हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङमा शुक्रबार राति सवा १० बजे दुर्घटना भएको हो ।

मकवानपुरको हेटौंडाबाट चितवन जाँदै गरेको ना ७ ख १६७५ नम्बरको बसको ठक्करबाट ती पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्