काठमाडौं महानगरले दियो सूचना अधिकारी तोक्न मातहतका सबै विद्यालयलाई निर्देशन

Share:

काठमाडौं । सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम काठमाडौं महानगरपालिकाले जेठ १४ गतेभित्र मातहतका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ।

महानगरपालिकाको शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार महानगरले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको थियो।

तर, महानगरको आग्रह अनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको उनको भनाइ छ।

सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ। हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन् । त्यसैगरी ६ सय संस्थागत विद्यालय छन्।

यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन्।

कमेन्ट गर्नुहोस्