काठमाडाैं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री रवी लामिछानेकाे विषयमा संसदीय छानविन समिति मात्रै नभएर राजीनामा नै आवश्यक रहेकाे बताएका छन् । नगरपालिका कार्यसमिति विस्तार गर्न धुलिखेल पुगेका अध्यक्ष गुरुङले रवी लामिछानेकाे विषयमा संसदीय छानबिन समितिले मात्रै नपुग्ने बताएका हुन् । उनले रवी लामिछानेले गृहमन्त्रीबाट पनि राजीनामा दिनुपर्ने बताए ।
देशलाइ संकटतिर धकेल्न वर्तमान सरकर तल्लीन रहेको बताउँदै अध्यक्ष गुरुङले अब संसदीय छानविन समिति मात्र नभएर गृहमन्त्री रवि लामिछानेले राजिनामा दिनुपर्ने बताए । उनले गृहमन्त्रीले राजीनामा नदिए नेपाल तरुण दलले चर्को आन्दोलन गर्ने चेतावनी पनि दिए।
अध्यक्ष गुरुङले नेपाली जनतालाई भ्रमित पार्न र आफू विरुद्द भएको मुद्दालाई ढाकछोप गर्न नेपाल काङ्ग्रेसको नेताहरुलाई विभिन्न लान्छना नलगाउन गृहमन्त्री लामिछानेलाई चेतावनी समेत दिए । उनले दोषी देखिने प्रमाण भए कांग्रेसका नेताहरुलाई कारबाही अगाडि बढाउन चुनाैति पनि दिए ।
देशका विभिन्न सहकारीमा नेकपा एमालेलेका नेताहरु रहेको र गिरिबन्धु टि स्टेट प्रकरणमा आफू मुछिने डरले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र रास्वपाको अध्यक्ष रवि लामिछानेबीच अस्वभाविक सम्झौता भएको अध्यक्ष विद्वान गुरुङले आरोप लगाए ।
अध्यक्ष गुरुङले एमालेका नेताहरुबाट महिला दिदीबहिनीहरु असुरक्षित रहेको समेत बताए । उनले भने, ‘एमाले नेताहरुबाट शाेषित हुने महिलाहरुको उजुरी प्रहरीहरुले पनि नलिनु बिडम्बना हाे।’