प्रभावकारी बन्दै छ बाँकेमा ‘किसानसँग पालिका प्रमुख’ कार्यक्रम

Share:

बाँके । पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले बैजनाथ गाउँपालिकाले सञ्चालन गरेको किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बनेको किसानहरूले बताएका छन् ।

 पालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार यो कार्यक्रमले  किसानलाई आवश्यक बीउ बिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न सहयोग गरेको छ । यसैगरी खेतीयोग्य जमिन वर्गीकरण गरी अनुदानसँगै सिँचाइ व्यवस्थापनको दीर्घकालीन योजना बनाएर लागेकोले उनले बताए ।

वैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषिमा आबद्ध छन् । उनीहरूलाई आत्मनिर्भर बनाउन उनीहरूका घरदैलोमा नै समस्या समाधानको प्रयास भएको उनले जानकारी दिए।

स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले किसानसंँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले पर्याप्त बजेट विनियोजन गरेको  उनले बताए ।

गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउन चार वटा वडालाई पकेट क्षेत्रका रूपमा विस्तार गरेको छ ।

कमेन्ट गर्नुहोस्