गृहमन्त्रीको नाम उल्लेख नगरी छानबिन समिति बनाउन कांग्रेस सहमति नजिक

Share:

काठमाडौं । सत्तापक्ष र नेपाली कांग्रेस बीच सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति नजिक पुगेका छन् ।

कानून मन्त्रालयमा बसेको कार्यदलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी समिति गठन गर्ने लगभग सहमति जुटेको कानूनमन्त्री पदम गिरीले बताए ।

उनले सहमति बालुवाटारमा शीर्ष नेताहरुसँग बसेपछि मात्रै टुंगिने बताए । कांग्रेसले गृहमन्त्री सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी बुटवल, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी काठमाडौं, सहारा बचत तथा ऋण सहकारी चितवन, हाम्रो नयाँ कृषि सहकारी काठमाडौं, समानता बचत तथा ऋण सहकारी नेपालगञ्ज, सानो पाइला बचत तथा ऋण सहकारी वीरगञ्जलगायतको रकम ठगीमा संलग्न रहेको दाबी गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्