काल्ट र नेटा बीच १० वर्षे रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर

51
0
Share:

काठमाडौं । CATL र Neta कम्पनी २०२४-२०३४ सम्म व्यवसायिक साझेदारीमा संलग्न हुन सहमत भएका छन् । नेटाले CATL लाई गाडीको पावर ब्याट्रीहरूको लागि आफ्नो व्यवसायिक साझेदार बनाएको छ ।

कन्टेम्परेरी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (CATL) ले चिनियाँ इलेक्ट्रिक भेइकल (EV) स्टार्टअप नेटा अटोसँग १० वर्षे व्यवसायिक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेको छ । काल्ट ब्याट्रीले विश्वमै आफ्नो प्रतिस्पर्धा बलियो बनाएको छ।

कम्पनीहरूले मे २४ मा नेटाको मुख्यालय रहेको चीनको सांघाईमा CATL का सीईओ रोबिन जेङको उपस्थितिमा साझेदारी सम्झौतामा हस्ताक्षर गरे। नेटाका संस्थापक Fang Yunzhou, नेटाका सह-संस्थापक तथा सीईओ झाङ योङ र CATL का सीईओ रोबिन जेङको उपस्थितिमा व्यवसायिक समझदारीमा हस्ताक्षर भएको हो ।

दुई पक्षहरू २०२४-२०३४ सम्म एक व्यापक रणनीतिक साझेदारी गर्न सहमत भएका छन् । नेटाले CATL का ब्याट्री प्रयोग गर्न सुरू गरिसकेको छ ।

CATL ले  नेटालाई बजारमा उच्च प्रतिस्पर्धी शक्ति  भएका ब्याट्री उपलब्ध गराउने भएको छ ।

दुवै कम्पनीले शून्य कार्बन, CIIC (CATL Integrated Intelligent Chassis), ब्याट्री स्व्याप, V2G (Vehicle to Gird), ब्याट्री रिसाइक्लिङ्ग र बजार विकासका क्षेत्रमा पनि सँगै काम गर्नेछन्।

CATL र नेटाले वर्षौंदेखि सँगै काम गर्दै आएका छन् । पछिल्लो नेटाको पहिलो मोडलमा CATL को ब्याट्रीहरू रहेको ब्याट्री निर्माता कम्पनीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

नेटाका संस्थापकहरूले यो साझेदारीले आफूलाई “चीनको नेटा” बाट “विश्वको नेटा” मा रूपान्तरण गर्न मद्दत गर्ने आशा राखेको बताए।

नेटाका अनुसार नयाँ मोडल गाडी, एस सुटिङ ब्रेक, जुन यस वर्षको दोस्रो चरणमा बिक्रीमा जाने अपेक्षा गरिएको छ, यसमा नेटा र CATL द्वारा विकसित CIIC चेसिस, साथै 800  उच्च भोल्टेज फास्ट-चार्जिङ प्रविधि प्रयोग हुनेछ ।

नेटा होजोन अटोको ईभी ब्रान्ड हो, जुन अक्टोबर २०१४ मा स्थापना भएको थियो। नोभेम्बर २०१८ मा, नेटाको पहिलो मोडेल, N01, २०१८ ग्वाङ्झाउ अटो शोमा लन्च गरिएको थियो। यो मोडल अहिले बन्द गरिएको छ।

नोभेम्बर ८, २०२१ मा, CATL र Neta ले प्रविधि विकास र आपूर्ति श्रृंखलामा सहकार्य गर्न रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए।

CATL ले नेटाको D2 राउन्ड अफ फाइनान्सिङमा भाग लिने सम्झौता गरेको थियो तर त्यसमा कति लगानी हुने भन्ने खुलाइएको छैन् ।

CATL संसारको सबैभन्दा ठूलो EV ब्याट्री निर्माता हो । काल्टलाई चिनियाँ ब्याट्री जायन्ट, CALB, Gotion High-tech, र Sunwoda लगायतकाबाट चुनौती  भने थपिएको छ ।

जनवरी १७, २०२३ मा, CATL ले Nio (NYSE: NIO ) सँग फुजियान प्रान्तको निङ्देमा रहेको मुख्यालयमा पाँच-वर्षे रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो ।

यस वर्षको मार्च १४ मा, Nio ले CATL सँग दीर्घकालीन EV ब्याट्रीहरू बनाउनको लागि नयाँ सहयोग सम्झौतामा हस्ताक्षर गर्‍यो ।

अप्रिल १८ मा, CATL ले भोल्भो कारसँग ब्याट्री रिसाइक्लिङ र सामग्रीको पुन: प्रयोगको साझेदारीमा हस्ताक्षर गरेको छ।

कमेन्ट गर्नुहोस्