सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिकाका तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई भ्रष्टाचारको अभियोग लगाएको छ । नदीजन्य पदार्थ ढुंगा/बालुवाको ठेक्का दिदाँ अनियमितता गरेको आयोगको अभियोग छ ।
अख्तियारले ठेक्कामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित लेखा अधिकृत र लेखा अधिकृत, लेखापालहरुलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत पौडेललाई ३६ लाख ७८ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
यस्तै, अख्तियारले तत्कालिन लेखा अधिकृत मानबहादुर ठाडालाई पनि सोही अभियोगमा मुद्दा दायर गरेको छ । ठाडामाथि पनि ३६ लाख ७८ हजार रुपैयाँ नै विगो मागदाबी गरिएको छ । यस्तै, तत्कालिन लेखापालहरु, सब इन्जिनियर र ठेकेदार विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्बारा जारी प्रेस विज्ञप्तिः