बूढानीलकण्ठका मेयरसहित तीन वडाअध्यक्षलाई एक महिना कैद गर्न अदालतको आदेश

Share:

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैद सजाय सुनाएको छ ।  न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले मेयर अधिकारीसहित तीनजना वडाध्यक्षलाई एक महिना जेल सजाय हुने फैसला सुनाएको हो ।

अदालतले गरेकाे फैसलालाई कार्यान्वयन नगरेकाे अभियाेगमा उनीहरूलाई एक महिना जेल सजाय सुनाइएकाे हाे ।  चलन चलाइदिनू भनेको जग्गा हालसम्म नछाडेको र विवादित क्षेत्रमा रहेका संरचनाहरु हटाउन भनेकोमा त्यसो समेत नगरेकोले यसलाई अदालतको अवहेलना भनेको भनिएकाे छ ।

काठमाडाैं जिल्ला अदालतले यसअघि गरेको फैसला कार्यान्वयन गर्न अटेर गरेको भन्दै नगरपालिकाको नेतृत्वलाई फेरि अदालतले सजाय सुनाएको हो ।

‘अदालतको फैसला नमान्ने तथा कार्यान्वयनमा अटेर गर्ने देहायका प्रतिवादीहरूलाई मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २३८ (१६) अनुसार जनही १ महिना कैद हुन्छ’, फैसलामा भनिएको छ ।   उक्त कैद लगत कसी प्रहरीमार्फत पक्राउ गरी असुल उपर गर्न पनि भनेको छ ।

कमेन्ट गर्नुहोस्