जिल्लास्तरकाे शिक्षक सरुवा फुक्याे तर नयाँ मापदण्ड पालना गर्नुपर्ने

Share:

काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधिक मन्त्रालयले शिक्षक सरुवासम्बन्धी निर्देशिका स्वीकृत गरेसँगै शिक्षक सरुवा फुकूवा गरेको छ ।

गत चैतमा शिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षकको सरुवासम्कन्धी मापदण्ड निर्धारण नगरेसम्म जिल्लास्तरमा शिक्षक सरुवा राेक्का गरेकी थिइन् । शिक्षा मन्त्री सुमना श्रेष्ठले आज साेमबार शिक्षक सरुवा मापदण्ड जारी गरेसँगै शिक्षक सरुवा पनि फुकुवा गरेकाे जानकारी गराइन् ।

यसअघि शिक्षक सरुवामा आर्थिक चलखेल भएकाे भन्दै शिक्षा मन्त्रालयमा उजुरी परेकाे थियाे । मन्त्री श्रेष्ठले त्यसलाई राेक्न नयाँ शिक्षक सरुवा सम्बन्धी निर्देशिका स्वीकृत गरेकी छिन् ।

शिक्षा मन्त्रालयले स्वीकृत गरेकाे नयाँ निर्देशिकामा सरुवाका लागि एकीकृत अनलाइन प्रणालीकाे प्रयाेग गर्नुपर्ने नयाँ व्यवस्था ल्याइएकाे छ ।

 

कस्ताे छ त नयाँ शिक्षक सरुवा सम्बन्धी निर्देशिका भन्ने विषय जान्न हाम्राे याे समाचार खाेलेर हेर्नुहाेला

शिक्षक सरुवा निर्देशिका शिक्षा मन्त्रालयबाट स्वीकृत, शिक्षक पाेर्टल पनि सञ्चालनमा आउँदै (निर्देशिकासहित)

 

 

 

 

कमेन्ट गर्नुहोस्