काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षणअनुसार देशभर पाँच पालिकाले मात्रै शुन्य बेरुजुमा कायम गरेका छन् । देशभरका ७५३ स्थानीय तहमध्ये जम्मा पाँचवटा पालिकाको बेरुजु भेटिएको हो ।

लेखा परिक्षणको प्रतिवेदनअनुसार ताप्लेजुङको पाथीभारा याङवरक गाउँपालिका, याङवरक गाउँपालिका पाँचथर, महाभारत गाउँपालिका काभ्रे, बेनीघाट रोराङ गाउँपालिका धादिङ र कोञ्ज्योसोम गाउँपालिका ललितपुरको बेरुजु शुन्य आएको हो । बजेट शिर्षकअनुसार छुट्याएर खर्च गर्दा बेरुजु देखिँदैन ।

बिना शिर्षक बजेट खर्च गर्दा भने बेरुजु धेरै बढ्ने देखिन्छ । बेरुजु बढ्नु भनेको प्रशासनिक काम गर्न पालिका प्रमुखहरु असमर्थ हुनु भन्ने अर्थमा पनि हेर्न सकिन्छ ।

ताप्लेजुङको पाथीभारा याङवरक गाउँपालिकाको नेतृत्व केशरकुमार सुब्बाले गरेका छन् । त्यस्तै पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष भिमबहादुर योङ्वा रहेका छन् । काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छा लामा जिम्बा रहेका छन् ।

त्यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया रहेका छन् । र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नेतृत्व कृष्णमान लामाले गरेका छन् ।

कमेन्ट गर्नुहोस्