चितवनको ७ वटा पालिकामा मध्ये सबैभन्दा कम बेरुजु भरतपुर महानगरपालिकामा

Share:

चितवन ।  चितवनको ७ वटा पालिकामा मध्य सबैभन्दा कम बेरुजु भरतपुर महानगरपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं प्रतिवेदन अनुसार चितवनको भरतपुर महानगरपालिकामा जिल्लाका सबै पालिका मध्य सबैभन्दा कम बेरुजु देखिएको हो । कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शून्यजस्तै छ ।

प्रतिवेदन अनुसार महालेखाले भरतपुरमा आव २०७९।०८० मा ८ अर्ब ५० करोड ९२ लाख ८७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.०१ प्रतिशत अर्थात ५ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको छ । जस अनुसार जिल्लामा सबैभन्दा कम बेरुजु हुनेमा भरतपुर देखिएको हो ।

यस्तै दोस्रो स्थानमा रहेको रत्ननगरमा ३ अर्ब १७ लाख ९१ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.६८ प्रतिशत अर्थात २ करोड २ लाख ७१ हजार रुपैयाँ, तेस्रो स्थानमा रहेको खैरहनीमा २ अर्ब ६१ लाख ११ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.७७ प्रतिशत अर्थात २ करोड ०२ लाख ७१ हजार रुपैयाँ, चौथो स्थानमा रहेको इच्छाकामनामा १ अर्ब २३ करोड ४४ लाख १९ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.९१ प्रतिशत अर्थात १ करोड ११ लाख ८८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

त्यसैगरी पाचौ स्थानमा रहेको कालिकामा १ अर्ब ५० करोड ९२ लाख ८७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.९६ प्रतिशत अर्थात १ करोड ७७ लाख रुपैयाँ, छैटौं स्थानमा रहेको माडीमा २ अर्ब १४ करोड २० लाख ८९ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १.१ प्रतिशत अर्थात २ करोड ३५ लाख ८८ हजार रुपैयाँ र सबैभन्दा बढि रकम बेरुजु रही सातौं स्थानमा रहेको राप्तीमा २ अर्ब ३१ करोड ५० लाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

कमेन्ट गर्नुहोस्