
काठमाडाैंं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
आज उनलाई हेलिकप्टरबाट काठमाडाैं ल्याइएकाे हाे । नागरिकता कीर्ते प्रकरणमा प्रहरीले धनुषामा तीन पटक ३ दिनकाे लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेकाे प्रहरीले अस्पतालकाे सिफारिसमा काठमाडाैं ल्याउन दिएकाे हाे ।
उनी पक्राउ परेपछि बिरामी भएकाे भन्दै अस्पताल भर्ना भएका थिए । यता कांग्रेसले सिराेहियाकाे पक्राउकाे विराेध गर्दै आइरहेकाे थियाे । नामै किटेर गृहमन्त्री रवी लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समितिकाे माग गर्दै आएकाे कांग्रेसले नाम नलेखी संसदीय समिति बनाउन सहमति जनाएकाे थियाे ।
कमेन्ट गर्नुहोस्